काठमाडौं,५ जेठ । सरकारले किसानहरुका लागि विद्युत महसुल छुट दिने घोषणा गरेको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८० ८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहज तरिकाले सिंचाई सुविधा पुगोस् भनेर सिंचाइको लागि आवश्यक पर्ने विद्युत महसुल छुट दिइने बताए ।
त्यस्तै, साना पानी तान्ने पम्पको पनि सरकारले व्यवस्था गर्ने भएको छ । कृषकको उत्पादनको संरक्षणको लागि प्रत्यक स्थानीय तहकमा हरित गृहको समेत निमाण हुने भएको हो ।