Logo

आरोहणका लागि नयाँ हिमाल खुल्ला गर्ने सरकारको घोषणा



काठमाडौं,५ जेठ । सरकारले आरोहणका लागि नयाँ हिमाल खुल्ला गर्ने घोषणा गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८० ८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

आन्तरिक तथा बाह्य पर्यटनका लागि सधैका लागि र सबैका लागि नेपाल भन्ने अवधारणालाई अघि सार्दै अन्तर्राष्ट्रिय समुदायमा पनि सोही किसिमको ब्राण्डिङ गर्ने र नयाँ हिमाललाई पनि आरोहणका लागि खुल्ला गरिने पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस्