Logo

देउवा र ओलीसँगको भेटवार्तालाई शंकाको दृष्टिकोणले नहेरौंः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्तालाई शंकाको दृष्टिकोणले नहेर्न आग्रह गरेका छन् ।

आज (शनिबार) अखिल  नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै तीन दलका शीर्ष नेताहरुको बैठक सदनभित्र सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी कायम गर्नका लागि भएको बताएका हुन् ।

‘सदनभित्र सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी कायम गर्न बैठक बसेका हौं । शंकाको दृष्टिकोणले नहेरौं । यसमा शंका गर्नपर्ने कारण छैन, सदनलाई प्रभावकारी सबनाउने विषयमा छलफल भएको हो,’– प्रधानमन्त्री प्रचण्डले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरु पक्राउ परेसँगै तीन दलका शीर्ष नेताहरुको भेटवार्ता बाक्लिएको थियो । यसको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मासमेत प्रश्न उठाएको थियो । तीन दलका शीर्ष नेताहरु नक्कली भुटानी शरणार्थी प्रकरण कमजोर बनाउन लागि परेको आरोप लागेको थियो ।

उक्त आरोपको खण्डण गर्दै प्रधानमन्त्री प्रचण्डले यस विषयमा शंका नगर्न आग्रह गरेका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषी कसैलाई पनि छुट नदिने बताए ।



प्रतिक्रिया दिनुहोस्