Logo

नक्कली शरणार्थी प्रकरणः प्रहरीले भोलि रायसहितको प्रतिवेदन बुझाउने



काठमाडौं, ६ वैशाख । नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् भने प्रहरीले पक्राउ पुर्जी जारी गरेका दुई जना फरार रहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का प्रमुख सुरक्षा सल्लाहकार इन्द्रजीत राई, हज समितिका अध्यक्ष शमशेर मिँया लगायत उच्च पदस्त अधिकारीहरु पक्राउ परेका छन् ।

उनीहरुको मुद्दाको अनुसन्धान प्रहरीले भोलि (आइतबार) टुङ्ग्याउने भएको छ । प्रहरीले उनीहरुको वयान आज पनि राखेको छ । आज वयान सकेर भोलि रायसहितको प्रतिवेदन अदालतमा दायर गर्ने तयारीमा प्रहरी रहेको छ । संगठित अपराधमा अनुसन्धनका लागि हदम्याद ६० दिनको रहेको हुन्छ । सोही अनुसार प्रहरीले आगामी जेठ १० गतेभित्र मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्