Logo

नेकपा (एस) का केन्द्रीय सचिव एमालेमा प्रवेश



काठमाडौं, ६ जेठ । नेकपा (एकीकृत समाजवादी) का केन्दीय सचिव भागवत विश्वासी एमालेमा प्रवेश गरेका छन् । आज (शनिबार) दाङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् । उनलाई पार्टी महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे ।

उनीसँगै, नेकपा (एस) का केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, जिल्ला कमिटी अध्यक्ष सुरामणि बेलबासे लगायतका नेता कार्यकर्ता एमालेमै फर्किएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्