Logo

आफ्नै पार्टीबारे अध्यक्ष ओली भन्छन् : ‘नुन खाएको कुखुरा जस्तो’



काठमाडौं, ६ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीबारे टिप्पणी गर्दै संसद्‍मा एमाले नुन खाएको कुखुरा जस्तो भएको बताएका छन्।

शनिबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले संसद्‍मा पार्टीको उपस्थिति् नुन खाएको कुखरा जस्तो भएको बताएका हुन्।

उनले सांसद्‍हरुलाई भने, ‘संसद्‍मा हाम्रो उपस्थिति लुलो-लुलो भयो, नुन खाएको कुखुराजस्तो भयो। एमाले किन ओइलाए ओइलाए जस्तो, नुन खाएको कुखुरा जस्तो, अलि तेजतर्रार नभएको जस्तो?’

ओलीले जोशजाँगरसहित संसद्‍मा उपस्थित हुन समेत सांसदहरूलाई निर्देशन दिए।



प्रतिक्रिया दिनुहोस्