Logo

एमाले उपमहासचिव रिमाललाई हर्क साम्पाङले दिए भुसुनाको संज्ञा



काठमाडौं,७ जेठ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) यस्ता जनप्रतिनिधि हुन् जसको बारेमा आएका कुनैपनि प्रतिक्रियाको तुरुन्तै जवाफ फर्काइहाल्छन् । उनै साम्पाङले नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख विष्णु रिमाललाई भुसुनाको संज्ञा दिएका छन् ।

रिमालले साम्पाङलाई बौलाहा मेयर भन्दै आलोचना गरेपछि उनले आज रिमाललाई जवाफ फर्काएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘एमालेको एउटा भुसुनोले मुखबाट गोबर उकेलेछ।अब आउने चुनावमा यसलाई जनताले देखाइदिनेछन्’।

शनिबार अखिल नेपाल महिला सङ्घ अनेमसंघको दोस्रो पूर्ण बैठकमा उपमहासचिव रिमालले धरानका प्रमुख हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ को रूपमा चित्रण गरेका थिए । उनले ‘धरानका बौलाहा टाइपका मेयरको सामाजिक सञ्जालमा हजारौँ लाईक आउँछ तर केपी ओलीको सामाजिक सञ्जालमा लाइक आउने’भन्दै उनले कार्यकर्तासमक्ष असन्तुष्टि पोखेका थिए ।



प्रतिक्रिया दिनुहोस्