Logo

शरणार्थी प्रकरण : प्रहरीले आज प्रतिवेदन बुझाउँदै



काठमाडौं, ७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ।

प्रहरीले आइतबार केही समयमपछि जिल्ला सरकारी वकिल कार्यालयमा आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने भएको हो।

सो प्रकरणमा हालसम्म पक्राउ परेका १६ जनाविरुद्ध प्रहरीले आफ्नो रायसहित वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको काठमाडौं प्रहरीले जनाएको हो।

प्रहरीले दिएको प्रतिवेदन अनुसार सरकारी वकिल कार्यालयले जेठ १० गतेसम्म अदालतमा अभियोग दर्ता गर्ने तयारी गरेको छ।

हालसम्म पक्राउ पर्नेमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी रहेका छन्।

यस्तै, हज कमिटिका अध्यक्ष शमशेर मिया र शरणार्थी नेता टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, टोपबहादुरका छोरा सन्दीप रायमाझी, गोबिन्द चौधरी र रामशरण केसी हिरासतमा रहेका छन्।



प्रतिक्रिया दिनुहोस्