Logo

नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझी र खाँणसहित ३२ जनालाई बनाइयो अभियुक्त



काठमाडौं, ७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३२ जनालाई अभियुक्त बनाएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा पठाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले ३२ जनालाई अभियुक्त बनाएको हो ।

उक्त प्रकरणका १६ जना आरोपी अहिले प्रहरी हिरासतमा छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तमाथि चार वट कसुरमा मुद्दा चलाउन सिफारिस गर्दै प्रहरीले आज सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी रहेको छ ।

संगठित अपराधमा अनुसन्धानका लागि ६० दिनको हदम्याद रहेको हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन सूरु भएको आज ५७ दिन हो । कानुन अनुसार आगामी जेठ १० गतेभित्र मुद्दा अदालतमा दर्ता भइसक्नु पर्ने छ ।

यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्दजीत राई, नेपाल हज समितिका अध्यक्ष शमशेर मिँया, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत १६ जना प्रहरीको हिरासतमा छन् ।

 



प्रतिक्रिया दिनुहोस्