Logo

बागमती प्रदेश सरकार विस्तार : नवनियुक्त मन्त्रीले लिए शपथ



काठमाडौं, ७ जेठ । बागमती प्रदेश सरकार विस्तार भएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ४ जना र एकीकृत समाजवादीबाट २ जनालाई मन्त्री नियुक्त गरेका छन्।

कांग्रेसबाट मन्त्री हुनेमा मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री र रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका हुन्।

यस्तै, एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री र राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन्।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।



प्रतिक्रिया दिनुहोस्