Logo

‘कमरेड बा ! नीति तथा कार्यक्रम हजुरलाई मन पर्ला कि भनेर ल्याएको होइन’



काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र)का नेता तथा केन्द्रीय सदस्य रामप्रसाद सापकोटा(दीपशिखा) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले नीति तथा कार्यक्रम तपाईंलाई मन पर्छ कि पर्दैन भनेर नल्याएको बताएका छन्।

आइतबार सापकोटाले एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै फेसबुकमा स्टाट्स राख्दै सरकारले नीति तथा कार्यक्रम तपाईंले मन पर्छ कि पर्दैन भनेर नल्याएको बताएका छन्।

उनले अध्यक्ष ओलीलाई नभइ जनतालाई सम्बोधन गर्न नीति तथा कार्यक्रम सरकारले ल्याएको बताएका छन्।

उनले लेखेको स्टाट्स जस्ताको त्यस्तै :

कमरेड बा, सरकारले ल्याएको नीति कार्यक्रम हजुरलाई मन पर्ला कि भनेर ल्याएको होइन, जनतालाई सम्बोधन गरेर ल्याएको हो । हजुरलाई मन पर्ने : ‘झापामा भ्यु टावर’, ‘घरघरमा ग्याँस पाइप’, ‘रेलको टिकट काट्नेको लाइन’, ‘पानिजहाज र कार्यालय’, ‘कामै नगरी बसीबसी खान पाइने व्यवस्था’, ‘भण्डारीको सवारी र भण्डारीको मेरो सरकार’, ‘बालुवाटारको ८ आना’, ‘यति र ओम्नीको ठेक्का’ ‘सत्तरी करोड’, ‘नक्कली भुटानी शराणार्थी र रायमाझी’हरु हुन् । ति हजुरले आफ्नै पालामा गरिस्यो ।

दुई घण्टा घोक्रो सुकाएर विमार शरिरलाई किन दुख दिइस्या !



प्रतिक्रिया दिनुहोस्