Logo

नीति तथा कार्यक्रममाथि एमाले सांसद थापाको टिप्पणी-नौं रङ्गी गठवन्धनको नीति तथा कार्यक्रम ‘टालाटुली बाटुली’



काठमाडौं,७ जेठ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद सुर्यबहादर थापाले सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई नौं रङ्गी गठवन्धनको कार्यक्रमको रुपमा टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रमको छलफलमा आफ्नो संशोधन दर्ता गर्दै थापाले सरकारको नीति तथा कार्यक्रमलाई टालाटुली बाटुलीको संज्ञा दिएका हुन् ।

उनले भने ‘सरकारको नीति तथा कार्यक्रमको कुनै उदेश्य छैन, लय छैन,सुर छैन तालपनि छैन’ त्यसैले यो नीति टालाटुली बाटुली हो । जस्तो गठवन्धन त्यस्तै नीति ,जस्तो सरकार त्यस्तै लिखित भन्दै सरकारको कटाक्क्ष गरेका थापाले यो नीति तथा कार्यक्रमले आजको नेपाली समाजलाई आत्माविश्वासका साथ नेतृत्तप्रदान गर्न नसक्ने जिकिर गरे ।

सरकारको नीति तथा कार्यक्रमले आफ्नै पार्टीको चुनावी घोषणापत्र,संयुक्त सरकारको नीति तथा कार्यक्रमलाई पनि बिर्सिएको आरोप लगाउँदै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुनः लेखन गर्न माग गरे ।  मुलुकले सामना गर्नुपरेको आर्थिक संकटलाई नीति तथा कार्यक्रमले नदेखेको जस्तो अभिनय गरिरहेको भन्दै थापाले नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

उनले नीति तथा कार्यक्रमको बुँदा नम्बर ५ र ६६ मा संशोधन दर्ता गरेको जानकारी गराए । नीति तथा कार्यक्रम मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रीत रहेको भन्दै सुर्खेतको भेरीगंगामा भएको विकासमा उपप्रधान तथा रक्षा मन्त्रीमात्रै देखिने होला भन्दै व्यंग्य गरे ।

प्रधानमन्त्री,मन्त्री र सांसदले आफुखुसी योजना बोक्नु भडुँवा नीति भएको टिप्पणी गरेका थापाले यस नीति तथा कार्यक्रम शत प्रतिशत नक्कली र झुटो रहेको दावी गरे ।



प्रतिक्रिया दिनुहोस्