Logo

‘प्रचण्ड कमरेड ! एकचोटी फेरि माओवादीजस्तो बन्नुपर्यो’



काठमाडौं, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्र चन्द ‘विप्लव’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई फेरि एक पटक माओवादीजस्तो बन्न सुझाव दिएका छन् ।

आज (आईतबार) बेपत्ता योद्धा परिवार समाजद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु समाजमा व्याप्त अन्याय र अत्यचारको विरुद्धमा लडिरहेको बताए । प्रधानमन्त्री प्रचण्डलाई उनले संसद्मा नेपाली जनताको हीतको प्रस्ताव लैजान आग्रह गर्दै आफूहरु सडकबाट सहयोगका लागि तयार रहेको बताए ।

‘कमरेड प्रचण्ड अध्यक्ष पनि हुनुहुन्छ । प्रधानमन्त्री पनि हुनुहुन्छ । एउटा राम्रो नेता पनि हो उहाँ । मैले उहाँलाई भनेको पनि छु, तपाईँले क्याविनेटमा प्रस्ताव गर्नुस्, हामी रत्नपार्कमा जुलुस गर्नेछौं । हामी गर्न तयार छौं, हामीलाई सरकारमा हुनुनहुनुसँग सरोकार छैन । आज महिलामाथि अत्याचार हुँदा हामी त्यहाँ उभिन तयार छौं । दलितमाथि भात घोप्ट्इदा हामी त्यहाँ उभिन तयार छौं । एकचोटी प्रचण्ड कमरेड माओवादीजस्तो बन्नुपर्यो नि त !’– उनले भने ।

प्रचण्डकै कारण अहिलेको गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको मुद्दाले सार्थकता पाएको उनले दाबी गरे । आफूहरु देशको परिवर्तनका लागि तत्कालीन समयमा ज्यूदै जल्न पनि तयार भएर युद्धमा होमिएको उनले स्मरण गरे ।

‘प्रचण्ड नभएको भए जनयुद्ध हुँदैन थियो । आज मान्छेले जति गफ चुटेपनि केही होइन त्यो । साँचो कुरा के हो भने प्रचण्ड कमरेड नभएको भए जनयुद्ध हुँदैन थियो । जनतालाई हीत हुन्छ भनेपछि हामी ज्यूदै जल्न तयार हुन्थ्यौं । हाम्रो इतिहास नीति निर्माण गर्दा पनि र हाम फाल्दा पनि निशर्त हो,’– उनले भने । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्