Logo

नक्कली शरणार्थी प्रकरणः आङ्टावाविरुद्ध थप पाँच जनाले दिए उजुरी



काठमाडौं, ७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वसंविधान सभा सदस्य आङटावा शेर्पाविरुद्ध थप पाँच जनाले उजुरी दिएका छन् ।

पूर्वसांसद शेर्पाले अमेरिका पठाइदिने भनेर आफूहरुसँग जनही छ/छ लाख लिएको पीडितहरुले बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आङटावासहित १६ जना प्रहरी हिरासतमा छन् भने दुई जना फरार छन् । प्रहरीले ३२ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्