Logo

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ आजको कार्यसूची



काठमाडौं,८ जेठ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा विहान ११ बजे बस्नेछ ।

आजको बैठकमा आ.व २०८०-०८१ का लागि संसद्मा पेस सरकारको वार्षिक नीति तथा कार्यक्रमबारेको छलफल हुने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे आइतबारदेखि प्रतिनिधि सभामा छलफल भइरहेको हो।



प्रतिक्रिया दिनुहोस्