Logo

रास्वपाविरुद्ध ढाकाकुमारले दायर गरेको रिटको पेसी न्यायाधीशद्धय भट्टराई र रेग्मीको इजलासमा



काठमाडौं,८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कारबाहिमा परेका पूर्वसांसद् डा .ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमाथिको सुनुवाई आज हुँदैछ । रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग मन्त्री बन्न लागेको भन्दै घुस रकम मागगरेको अडियो सार्वजनिक भएपछि रास्वपाको समानुपातिक सांसद रहेका श्रेष्ठको सांसद पद खारेज गर्दै रास्वपाले बिन्दाबासिनी कंशाकारलाई सांसद बनाएको थियो ।

घुस लेनादेनाको अडियो अस्वीकार गर्दै श्रेष्ठ आफुलाई सांसदबाट हटाउने निर्णय खारेजीको मागसहित अदालत पुगेका थिए ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन आदेश जारीगर्दै श्रेष्ठलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नर्गन आदेश दिएका थिए ।
आजको सुनुवाइमा प्रारम्भिक सुनुवाइलाई निरन्तरता दिने वा नदिने भन्ने बारेमा टुंगो लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस्