Logo

नक्कली शरणार्थी प्रकरणः प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, ३२ जनामाथि मुद्दा चलाउन सिफारिस



काठमाडौं, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । आज (सोमबार) नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन माग गर्दै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपालल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री राम बहादुर थापा ‘बादल’ का तत्कालीन प्रमुख सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाल हज समितिका अध्यक्ष शमशेर मिँया लगायतका व्यक्तिहरुलाई पक्राउ गरिसकेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् भने पक्राउ पूर्जी जारी भएका २ जना फरार छन् । संगठित अपराधमा ६० दिनभित्र मुद्दा दर्ता गराइसक्नुपर्ने हदम्याद रहेको छ । सोही आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको ५८औं दिनमा सरकारी वकिलको कार्यालयमा अन्ुसन्धान प्रतिवेदन बुझाएको हो ।

प्रहरीले पक्राउ परेका १६ जना र फरार रहेका अन्य १६ जनाविरुद्ध सम्पत्ति सुद्धीकरण, ठगी, राष्ट्रिय हित विपरीतको कसुर, संगठित अपराध लगायतका कसुरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका उच्चपदस्थ मन्त्रीहरु, खाँण, रायमाझी पूर्व गृहमन्त्री बालदका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत, नेपाल सरकारका सचिव पाण्डे लगायतलाई भ्रष्टाचार अभियोगमा पनि मुद्दा चलाउन सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस्