Logo

लुम्बिनीमा मन्त्रिपरिषद विस्तार



काठमाडौं,८ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
चौधरीले आज नेपाली कांग्रेस,जनता समाजवादी समाजवादी पार्टी नेपाल र जनमत पार्टीका एक एक सांसदलाई मन्त्री नियुक्त गरेका हुन् ।

चौधरीले आज कांग्रेसका राजु खनाल,जनमतका चन्द्रकेश गुप्ता र जनमत पार्टीका भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरेका हुन् । तीन मन्त्री नियुक्त गर्दै चौधरीले बिना विभागिय मन्त्रीकोरुपमा रहेका तीन मन्त्रीलाई पनि जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री चौधरीले धनबहादुर मास्कीलाई आर्थिक मामिला, राजु खनाललाई स्वास्थ्य मन्त्री, सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय, धर्म बहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालय, भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले १५ वैशाखमा सपथग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्