Logo

संसद्मा राप्रपा सांसद लामाले बताइन् रुवीभ्याली गाउँपालिकाको नाम ‘रुवीभ्याली’ रहनुको कारण



काठमाडौं,८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद् विना लामाले सरकारको नीति तथा कार्यक्रममा हिमाली क्षेत्रको समृद्धि र विकासको लागि सरकार चुकेको टिप्पणी गरेकी छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा भएको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राप्रापा संसदीय दलको सचेतकसमेत रहेकी लामाले २०७४।७५ सालमा धादिङको रुवीभ्याली गाउँपालिकामा आफैले वाचन गरेको नीति तथा कार्यक्रमसँग कपीपेष्ट भएको बताइन् ।

‘विश्वलाई चिनाउने हिमाली क्षेत्रले हो । विश्वका १० अग्ला हिमाल मध्य ८ हिमाल नेपालमा छ । विश्वमा नपाइने महंगा जडिबुटी नेपालको हिमालमा छ । धादिङको रुवीभ्यालीमा छ तर सरकारले हिमालको महत्व बुझेन ’। लामाले भनिन् ।

राज्यले हिमाली क्षेत्रमा पाइने बहुमूल्य बस्तुको सम्वद्र्धन र प्रवद्र्धन गर्न नसकेको भन्दै लामाले राज्यलाई अहिले मागरे खाने बानी परेको टिप्पणी गर्दै स्रोतको खोजी गरेर स्रोत परिचालन होइन लोन मागरे ऋणमाथि ऋण थप्ने राज्यको योजना रहेको बताइन् ।

लामाले धादिङको रुवीभ्याली गाउँपालिकाको नाम रुवीभ्यालिनै किन राखिएको हो भन्नै सम्बन्धमा सदनलाई स्पष्टपनि पारेकी छन् ।

उनले भनिन् सभामुख महोदय् हजुरहरुलाई यो रुवीभ्याली गाउँपालिकाको नाम किन रुवीभ्याली रहन गयो म जानकारी गराउँछु । ‘अथाहा रुवीको भ्यालि भएको कारणले त्यो विकट ठाउँको नामनै रुवी भ्याली राखियो’ ।उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्