Logo

प्रतिनिधि सभा बैठकः कूल सदस्य २७५, अन्तिमसम्म सहभागी संख्या ३२



काठमाडौं, ८ वैशाख । प्रतिनिधि सभाको बैठकमा अहिले सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । सरकारको नीति तथा कार्यक्रमजस्तो गहन विषयमा छलफल भइरहेको बेलामा पनि प्रतिनिधि सभामा सांसदहरुको उपस्थिति दयनीय छ ।

कूल दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा आज (सोमबार) बैठकको अन्तिम समयसम्म ३२ जना सांसद सहभागी थिए । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका ६, नेपाली कांग्रेसका ९, नेकपा (एमाले) का ७, नेकपा (माओवादीका केन्द्र) का ५, नेकपा (एकीकृत समाजवादी) का १, अन्य २ र मन्त्री २ जनामात्रै अन्तिमसम्ममा उपस्थित थिए ।

यस विषयमा रास्वपाका उपसभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले आफूलाई खाली कुर्चीको अगाडि उभिएर बोल्न लाज लागिरहेको टिप्पणी गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्