Logo

सरकारबारे निर्णय गर्न जनमतले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौं,९ जेठ । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । सिके राउत नेतृत्वको जनमतले आगामी जेठ १२ गतेका लागि बठक बोलाएको हो । केन्द्रीय समिति बैठकले केन्द्रीय सरकार र मधेश सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहान नेतृत्वको सरकारमा सुरुवात देखिनै सहभागी भएको जनमत पार्टी पछि मन्त्रालयमा चित्त नबुझेपछि बाहिरिएको थियो । जनमतबाट पार्टी उपाध्यक्ष अब्दुल खाँण खानेपानीमन्त्री भएका थिए ।

प्रचण्डले जसपालाई मात्रै महत्व दिएको भन्दै पछिल्लो समय जनमत पार्टी सरकारसँग असन्तुष्ट रहेको छ । असन्तुष्ट रहेकै कारण गत वैशाख १० को उपनिर्वाचनमा बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध उम्मेद्वारी दिएको जनमत निकट्तम प्रतिद्धन्द्धी भएर पराजित भएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्