Logo

सरकारलाई मनिष झाको प्रश्न: हामीलाई पनि अनसन बस् भनेको हो ?



काठमाडौं,९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसद्हरुले सदनमा उठाएको विषयमा सम्बन्धित निकायको जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद झाले चार-चार पटकसम्म एउटै विषय उठाउँदासमेत सरकारको ध्यान नगएको भन्दै सत्तापक्षका सांसदलेझै आफुहरुलाई पनि आमरण अनसनमा बस भनेको हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

झाले यसअघि लगातार चार बैठकमा जनकपुर मन्दिरको पुर्ननिमार्ण र बाराको गढिमाइ मन्दिरको विकासको लागि गुरुयोजना निमार्ण गर्न माग गर्दै आएका थिए ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्