Logo

पाठ्यक्रमबाट डा.सन्दुक रुइतको जीवनी नहटाउन रघुजी पन्तको माग



काठमाडौं,९ जेठ । नेकपा एमालेका सांसद् रघुजी पन्तले कक्षा १० को पाठ्यक्रमबाट डा.सन्दुक रुइतको जीवनी हटाइएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद् पन्तले देशको प्रतिष्ठा र सम्मान बढाउने काम गर्ने प्रेरणादायी व्यक्तित्वको जीवनी पाठ्यक्रमबाट हटाउनु राम्रो नभएको बताए ।

‘कक्षा १० को नेपाली पाठ्यक्रममा डा.सन्दुक रुइतको बारेमा लेखिएको आठ पृष्ठ जीवनी पढाइ हुन्छ । त्यो पाठ्यपुस्तकबाट हटाइयो र त्यसलाई भाँचेर कता कता ६, ८ को साइन्समा केमा केमा राखियो । डा.सन्दुक रुइतको जीवनी, उहाँको कारण हाम्रो देशको इज्जत बढेको छ । त्यो जीवन पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जीवनी हटाइयो, यसबारे शिक्षामन्त्रीले स्पष्ट जवाफ दिन आग्रह गर्छु,’ उनले भने ।

त्यस्तै  उनले कालिकोटको पचालझरना गाउँपालिकाका विद्यालयमा पाठ्यक्रम विकास केन्द्रको स्वीकृती बिनानै माओवादीले गरेको सशस्त्र जनयुद्ध बारेमा कोर्स बनाएर पढाइरहेको भन्दै तत्काल रोक्नसमेत माग गरे ।

 



प्रतिक्रिया दिनुहोस्