Logo

मधेस : मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ



काठमाडौं, ९ जेठ । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले (आज)मङ्गलबार ३ जना सांसद्‍हरूलाई मन्त्रीमा नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसबाट संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै वीरेन्द्रकुमार सिंह स्वास्थ्य मन्त्री बनेका छन्। यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन्।

नवनियुक्त मन्त्रीहरूलाई आजै प्रदेश प्रमुख हरिशंकर मिश्र पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

मन्त्रिपरिषद् विस्तारसँगै माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएको छभने जनमतले पाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी खोसिएको छ।



प्रतिक्रिया दिनुहोस्