Logo

संसद्मा शिशिरको व्यंग्य  : शरणार्थी प्रकरणको ट्रेलरमा उत्साहित भइयो, काँटछाँट भई फिल्म बकवास हुन थाल्यो



काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई उन्मुक्ति दिन खोजिएको आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बुधवार बसेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद खनालले भुटानी शरणार्थी प्रकरणमा ब्लगबस्टर फिल्म नै हेर्नपाइन्छ भनेर प्रधानमन्त्रीले देखाएको ट्रेलरका आधारमा उत्साहित भएपनि अहिले त्यो उत्साह प्रधानमन्त्रीमा घट्दै गएको बताए ।

भुटानी शरणार्थी प्रकरणमा ब्लगबस्टर फिल्म नै हेर्नपाइन्छ भनेर प्रधानमन्त्रीले देखाएको ट्रेलरका आधारमा उत्साहित भइयो, तर यो फिल्मको दृष्य यति काँटछाँट हुन थालेको छ कि फिल्म त साह्रै बकवास हुन थालेको छ, उनले भने।

खनालले रास्वपाले यो फिल्म हेरेर नबस्ने बताउँदै आईजीपी, पूर्वसचिव, पूर्वमेयर, पूर्वप्रधानमन्त्रीका सचिवको नाम पनि जोडिएकाले छानबिन गरी कारवाहीको दायरामा ल्याउन माग गरे।

नो इफ, नो बट सबैमाथि छानबिन र कारवााही होस्,  उनले भने ।



प्रतिक्रिया दिनुहोस्