Logo

बर्तौलाले मन्त्री खोजिरहँदा संसद्मा टुप्लुक्क आइपुगे मोदी



काठमाडौं,१० जेठ । प्रतिनिधि सभामा आजपनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको रहेको छ । सांसदहरुले आ आफ्नो धारणा राख्ने क्रममा बैठक मन्त्रीविहिन भएको भन्दै सांसद्ले नियमापत्तिसमेत जनाएका थिए ।

नेपाली कांग्रेसकी सांसद सिता मिजारले बोलेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद् सुनिता बराललाई बोल्न समय दिए तर बरालभन्दा अगाडी एमालेकै सचेतक महेश बर्तौला कुर्सीबाट उठे । बर्तौलालाई बोल्ने अनुमति सभामुखले दिएपछि बर्तौलाले नियमापत्ति जनाए । उनले प्रतिनिधि सभाको बैठक प्रारम्भ हुँदा प्रतिनिधि सभाको नियमावली ५ को (६) लाई स्मरण गराउँदै बैठकमा मन्त्री खोजेका थिए ।

उनले मन्त्री नभएको बैठकको अर्थ नहुने भन्दै बैठक रोक्न माग गरेपछि सभामुख देवराज घिमिरेले मन्त्री संसद्मा आइसकेको र सानो काम परेर बाहिर निस्किएको र एकैछिनमा आइपुग्ने आश्वासन दिँदै बैठक अगाडी बढाउने बताए ।

बर्तौलाले मन्त्री खोज्दै गर्दा र सभामुखले आश्वासन दिँदै गर्दा संसद्मा टुप्लक्क देखिए संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी ।

बर्तौलाले नियमापत्ति जनाउनु र मोदी संसद्मा प्रवेश गर्नु संयोगजस्तै भएको छ । मन्त्री मोदी संसद्मा उपस्थित भएपछि अहिले नीति तथा कार्यक्रममा सांसद्हरुले धारणा राख्ने क्रम जारी छ ।



प्रतिक्रिया दिनुहोस्