Logo

नक्कली शरणार्थी प्रकरणमा दण्डहिनताको निकृष्ट चुरीफुरी हेरिराखेका छौंः स्वर्णिम वाग्ले



काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा दण्डहिनताको चुरीफुरी हेरिरहेको बताएका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरकोसमेत नाम जोडिनु दुःखद् रहेको बताए । ढिलो चाडो कानुनको हातबाट कोही पनि भाग्न नसक्ने उनको भनाई छ ।

‘नक्कली शरणार्थी प्रकरणमा सन्दिग्धहरुको सूचीमा प्रहरी प्रमुख पनि थपिएको दुःखद् खबर छ । कानुनको लामो हातबाट कोही भाग्न सक्ने छैनन् । दण्डहीनताको यो निकृष्ट चुरिफुरी कति लम्बिन्छ हामी हेरिरहेका छौं,’– उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा, नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तत्कालीन स्वकीय सचिव राजेश बज्रचार्य लगायतलाई छानविनको दायरामा नल्याएको भन्दै व्यापक आलोचना सुरु भएको छ । सांसद वाग्लेले पनि डा. आरजुतर्फ लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका हुन् । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्