Logo

बहुदल पछिका सबै उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न सांसद् विष्टको माग



काठमाडौं,१० जेठ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले भ्रष्टचारलाई निर्मूल बनाउन सबै उच्च ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विष्टले यस्तो बताएका हुन् ।

उनले भने, ‘भ्रष्टाचार नियन्त्रणको कुरा आएको छ २०४६ साल पछाडि जति व्यक्तिहरू ओहदामा आएका छन् । ती सबैको छानबिन गर्ने र स्रोत नदेखिएको सम्पत्तिलाई जफत गर्ने गरी कानून निर्माण गर्नुपर्छ ।

सचिव विष्टले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकको आवश्यक्तालाई सम्बोधन गर्न नसक्ने दावी समेत गरे।



प्रतिक्रिया दिनुहोस्