Logo

ओलीलाई ज्ञानेन्द्र शाहीको सुझावः ‘संसद्मा होइन, तपाईँ रेस्लिङ क्लब जानुस्’



काठमाडौं, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सदन रेस्लिङ क्लबजस्तो लागेको टिप्पणी गरेका छन् । संसद्मा सत्ता पक्ष र प्रतिपक्षबीचको आरोप प्रत्यारोपका कारण दैनिक दश लाख भन्दा बढी खर्च भइरहेको उनको भनाई छ ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभामा गरेको सम्बोधनलाई लक्षित गर्दै उनले संसद्मा दुई तीन घण्टा गरिने बकमफुसे गफ आफूलाई महाभारतको बोर लाग्दो सिरियलजस्तो लागेको उनले टिप्पणी गरे ।

‘आज यो संसद्मा उभिँदै गर्दा रेस्लिङ क्लब उभिएझैँ लागेको छ । उतापट्टी बस्नेले यतापट्टीलाई गाली गर्ने, यतापट्टीको दाईहरुले उतापट्टीको बाउलाई गाली गर्ने, बा पक्षहरुले दाईलाई हेरिरहने यो परम्पराले संसद्मा अहिले पनि एक दिनमा दश लाख भन्दा बढी खर्च हुन्छ । फेरि पूर्वप्रधानमन्त्रीहरु आउने, हामीले पहिला पहिला कस्तो हुन्थ्यो भने, महाभारत सुन्थ्यौं हामीले । सिरियल सुन्दाखेरि बोर लागेजस्तो दुई तीन घण्टासम्म भाषण ठोकेको ठोक्यै गर्ने ।’ उनले भने ‘त्यो भएको हुनाले म अनुरोध गर्न चाहन्छु, सदनमा होइन, तपाईँहरु रेस्लिङ क्लबमा जानुस् । संसद्मा यत्रो बजेट खर्च गरेर बमकफुसे गफ सुन्नका लागि जनताले हामीलाई निर्वाचित गराएका होइनन् ।’



प्रतिक्रिया दिनुहोस्