एजेन्सी । सशुल्क प्रेमिका अर्थात पैसाँ दिनुहोस्, प्रेमिका बनाउनुहोस्। एक दिनको लागि, दुई दिनको लागि वा धेरै दिनको लागि।
दिनहुँ पैसा दिएर केटीलाई प्रेमिका बनाउन सकिन्छ। तपाईं मानिसहरूलाई पनि भन्न सक्नुहुन्छ कि उनी तपाईंको प्रेमिका हुन्। तपाईं पनि आफ्नो प्रेमिकाकोरूपमा आफ्नो परिवारका सदस्यहरूलाई उनको परिचय दिन सक्नुहुन्छ।
तपाईं उनीसँगै घुम्न सक्नुहुन्छ। तपाईंले त्यो केटीलाई विदेश यात्रामा पनि साथमा लैजान सक्नुहुन्छ, तर तपाईंले पैसाँ तिर्नुभएको दिनसम्मको लागि मात्र।
पैसा दिनुहोस् र प्रेमिका पाउनुहोस्
उनी तपाईंको प्रेमिकाको रूपमा साथमा हुनेछिन्। तपाईं आधिकारिकरूपमा सशुल्क प्रेमिकालाई कसैसँग आफ्नो प्रेमिका भनेर परिचय दिन सक्नुहुन्छ। यो अवधारणामा यौन सम्बन्धमा पहिले नै सर्तहरू तय गरिएको हुन्छ।
भाडामा लिएकी प्रेमिका दिनभर तपाईंको साथमा हुन्छिन् तर उनी तपाईंसँग सुत्ने छैनन्। उसले तपाईंसँग यौन सम्पर्क गर्दैनन्। यदि तपाईं उसलाई सँगै यात्राको लागि लैजाँदै हुनुहुन्छ भने, तपाईंले उसको लागि छुट्टै कोठा बुक गर्नुपर्ने हुन्छ।
दिनमा ३०-३० हजारसम्म हुन्छ कमाई
यो संस्कृति विदेशमा तीव्र गतिमा बढ्दै गएको कारणले गर्दा कयौँ पटक समाजमा वा आफ्नो परिवारमा आफू प्रेम सम्बन्धमा रहेको देखाउन त्यस्ता केटीहरूको आवश्यकता पर्छ। यसरी उनीहरूले कसैसँग कुनै कमिटमेन्ट गर्नु पर्दैन। सबैको अगाडि आफूलाई सम्बन्धमा देखाउँछन्।
यो केटीहरूको लागि कमाईको राम्रो स्रोत हो। यो कामका लागि उनी दैनिक ३०-३० हजार रुपैयाँसम्म लिइरहेकी हुन्छन्। धेरै एजेन्सीहरूले पैसाँ कमाउ गर्लफ्रेन्डको व्यापार गरिरहेका छन्।
जापानकी ‘पैड गर्लफ्रेण्ड’ सामाजिक सञ्जालमा भाइरल
यस प्रकारको अवधारणा चीनमा धेरै प्रचलित छ। अब जापानकी एउटी युवतीको नामपनि अगाडि आएको छ।
जसले सशुल्क गर्लफ्रेन्ड बनेर महिनामा लाखौँ रुपैयाँ कमाउने गरेको बताइन्। डेली स्टारमा प्रकाशित समाचार अनुसार किर्मी नामकी यी युवती जापानकी हुन्।
उनी सामाजिक सञ्जालमा निकै चर्चित छिन् र २ लाखभन्दा बढी फलोअर्स छन्।
उनी सो कामलाई आफ्नो फुल टाइम काम मान्छिन् र यसका कारण उनले लाखौं रुपैयाँ कमाइरहेकी छिन्।
सशुल्क प्रेमिकाको अवधारणा संसारभरि प्रचलनमा
सशुल्क गर्लफ्रेन्डको यो अवधारणा चीन, जापानमा मात्रै सीमित छैन, विश्वका धेरै ठाउँमा यसरी केटीहरू सशुल्क गर्लफ्रेन्ड बनेर आम्दानी गरिरहेका छन्।
सामाजिक सञ्जालमा यस्ता घटनाहरु आएपछि हाम्रो देशका युवाहरुमा पनि चर्चाको विषय बनेको छ।
कतिपयले यसलाई गलत ठानिरहेका छन् त कसैले यसमा केही गलत छैन भनी भनेका छन्, तर प्रश्न सही वा गलतभन्दा सुरक्षाको हो।