Logo

माओवादीका लागि भ्रष्टाचार सहिदको मासु लुछेर खानुजत्तिकै अपराध होः सरल सहयात्री पौडेल



काठमाडौं, १० जेठ । बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले माओवादी केन्द्रका लागि भ्रष्टाचार सहिदको मासु लुछेर खानुजत्तिकै अपराध भएको बताएका छन् ।

आज (बुधबार) बागमती प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रको सदस्यको आडमा कसैले भ्रष्टाचार गरेको पाइएमा अपराधी करार गरेर जेलमा थुन्ने हिम्मत प्रचण्ड नेतृत्वको सरकारले गरेको खण्डमामात्रै अरुलाई औंला ठड्याउन मिल्ने उनले बताए ।

अरुका लागि के हो भ्रष्टाचार मलाई थाहा छैन । तर, माओवादी केन्द्रका लागि भ्रष्टाचार सहिदहरुको मासु लुछेर खानु जत्तिकै अपराध हो ।’ उनले भने, ‘माओवादीहरुले यदि भ्रष्टाचार गरेका छन् भने सबैभन्दा पहिला अपराधी करार गरेर जेलमा थुन्ने हिम्मत कमरेड प्रचण्डले, यो सरकारले र यो प्रदेश सरकारको मुख्यमन्त्री लगायतले गर्नुपर्छ र अरुलाई औंला ठड्याउने हामी हिम्मत राख्छौं ।’

आफू माओवादी क्यान्टोनमेन्टको ब्रिगेड कमाण्डर रहेको उल्लेख गर्दै उनले माओवादी लडाकु शिविर प्रकरण छानविनका लागि तयार रहेको बताए । माओवादीको आन्दोलनमा लागेर सत्तालाई परिवर्तन गर्ने अभिष्ट सपना देखेकाहरुलाई भ्रष्टाचारमा संलग्न हुने छुट नभएको उनको भनाई छ ।

 

 



प्रतिक्रिया दिनुहोस्