Logo

कीर्तिमानी आरोहीलाई बुढालाई उपराष्ट्रपतिको बधाई



काठमाडौं, १० जेठ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले दुवै खुट्टा नभएर पनि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हरि बुढामगर र कीर्तिमानी आरोही कामिरिता शेर्पालाई बधाई दिएका छन्।

आज एक वक्तव्य जारी गरी उनले पर्वतारोही कामिरिता शेर्पाले २८औँ पटक सगरमाथा आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरेकामा बधाई दिएका हुन्।

“यी दुई सफल हिमाल आरोही बुढाथोकी र शेर्पाको लगन, धैर्य, साहस र गौरव सबैका लागि सदैव प्रेरणाको स्रोत बन्ने विश्वास लिएको छु”, उनले भनेका छन्।

उपराष्ट्रपतिले उनीहरूको उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।



प्रतिक्रिया दिनुहोस्