Logo

२०४७ यताका उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्छ : गौतम



काठमाडौं, १० जेठ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले २०४७ यताका उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।

बुधबार संसद्‍ भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतमले २०४७ यताका उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘भ्रष्टाचारजन्य विषयहरु विभिन्न किसिमका उठेका छन्। २०४७ सालदेखि आजसम्म मन्त्रीमण्डलमा रहेका व्यक्तिहरु, उच्च पदस्थ कर्मचारीहरु, त्योसँग सम्बन्धित रहेका अन्य व्यक्तिहरु सबैको सम्पत्तिको छानबिन गर्नु पर्दछ। र, गल्ती गर्नेलाई कारबाही गर्नु पर्दछ। यो सुरुवात चाँही भएको छ। त्यहाँसम्म पुग्नु पर्छ भन्ने मेरो विचार छ।’



प्रतिक्रिया दिनुहोस्