Logo

नक्कली शरणार्थी प्रकरणः आफ्नै गिरोहलाई पनि ठगेका थिए इन्द्रजीतले



इन्द्रजित राई

काठमाडौं, ११ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीले डा. इन्द्रजीत राईबाट आफू ठगिएको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा अरुबाट पैसा उठाएको इन्कारी बयान दिएका भण्डारीले बरु आफूलाई नै नक्कली शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी इन्द्रजीतले पैसा लिई ठगी गरेको आरोप लगाएका हुन् ।

‘मलाई समेत भुटानी शरणार्थी बनाई अमेरिक पठाइदिने भनि म बाट डा. ईन्द्रजीत राईसमेतले रकम लिई कामसमेत नगरी ठगी गरेको हुँदा म आफैं पीडित भएको छु,’– उनको बयानमा भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्