Logo

सिड्नीको भवनमा फिल्मी शैलीमा भीषण आगलागी



एजेन्सी । सिड्नीमा बिहीबार एउटा भवनमा भीषण आगलागी हुँदा भवन भत्किएको छ।

‘आगो लागेको केही क्षणमै उक्त भवन खरानीमा परिणत भयो। भित्ताका ठूला टुक्रा र इँटाहरू भुइँमा खस्न थालेपछि मानिसहरू चिच्याउन थाले’, फायर एण्ड रेस्क्यू एनएसडब्ल्यू (न्यू साउथ वेल्स)ले उल्लेख गरेको छ।

करिब १०० वटा दमकलको सहायताले आगो निभाइएको थियो। उक्त भवनमा लागेको आगो निभाउँन र नजिकैको आवासीय भवनमा फैलिनबाट रोक्न अग्नि नियन्त्रकहरूले भर्याङ, ट्रक र ड्रोनहरू प्रयोग गरेका थिए।

उक्त सम्पदा सूचीमा सूचीकृत भवनमा के कारणले ठूलो आगलागी भयो भन्नेबारे अनुसन्धान जारी छ।



प्रतिक्रिया दिनुहोस्