Logo

शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान आजबाट



काठमाडौं,१२ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको आरोपमा पक्राउ परेका १६ जना अभियुक्तको बयान आजबाट सुरु हुँदैछ ।

पक्राउ परेका अभियुक्तको बयान काठमाडौं जिल्ला अदालतमा हुनेछ ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर करोडौंको ठगी गरेको आरोपमा पूर्वउपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,पूर्वसांसद आङटावा शेर्पा तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० व्यक्तिविरुद्ध सरकारी वकिलको कार्यालयले विभिन्न अभियोगमा ५ मुद्दा दायर गरेको छ ।

पक्राउ परेका १६ प्रतिवादीले आजदेखि अदालतमा बयान दिन सुरु गर्नेछन्। अदालतमा बयान सकिएपछि उनीहरूलाई धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामै राख्ने भन्ने निर्णय गर्न थुनछेक बहस सुरु हुनेछ।



प्रतिक्रिया दिनुहोस्