काठमाडौं,१२ जेठ । पशुपतिनाथ मन्दिरमा पित्तलको जलहरी लगाएर केपी ओली नेतृत्वको सरकारले भ्रष्टचार गरेको आरोप सत्तापक्षका सांसदले लगाएपछि नेकपा एमालेले आजको प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ ।
आजको बैठक सुरू हुनासाथ एमाले सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न दिएका थिए ।
सभामुखले समय दिएपछि बोलेका गिरीले सत्तापक्षका सांसदले एमालेमाथि तथ्यहिन आरोप लगाएको भन्दै उक्त आरोप छानविन गर्न माग गर्दै सत्यतथ्य आनविन नभएसम्म सदन चल्न नदिने घोषणा गरेका थिए ।
एमालेको अवरोधबीच सभामुखले माओवादी केन्द्रका मूख्य सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । तर एमालेले निरन्तर नारावाजी गरेपछि सभामुख घिमिरेले बैठक २० मिनेटका लागि स्थगित भएको घोषणा गरे ।
तस्बिर : मुकुन्द कालिकोटे Reports nepal