Logo

माओवादी बिग्रिएको प्रवक्ता महाराको दाबी



काठमाडौं, १३ जेठ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले माओवादी पार्टी बिग्रिएको दाबी गरेका छन्।

प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा बोल्दै उपाध्यक्ष तथा प्रवक्ता महराले माओवादी पार्टी बिग्रिएको दाबी गरेका हुन्।

‘पार्टी केही विग्रिएको छ। यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ। केहि मात्रामा बिग्रीनुका प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो। दोस्रो कारण पार्टीमा गुटबन्दी छ। यो पार्टीमा गुटबन्दीलाई मान्यता दिइदैँन। नेतृत्व सक्षम भएर मात्रै अगाडि बढ्न सकिन्छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्