काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि सबै दलको योगदान छ भनेर किन नमान्ने भनेर प्रश्न गरेका छन्।
शनिबार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफूमाथि सबै दलको योगदान छ भनेर किन नमान्ने भनेर प्रश्न गरेका छन्।
उनले भने, ‘मैले विश्वासको मत लिँदा सिङ्गो हाउसको समर्थन भयो। म प्रधानमन्त्री भएको पहिलो गठबन्धनबाट हो। प्रधानमन्त्रीको हैसियत पहिलो गठबन्धनका साथी र दलका नेताहरूले पनि यो प्रधानमन्त्रीमा आफ्नो पनि लगानी छ। आफ्नो पनि योगदान छ भनेर किन नमान्ने? यसलाई नेगेटिभ मात्रै किन? पोजेटिभ हिसाबले हेर्यो भने सहमतिको आधार छ भनेर किन नबुझ्ने?’