काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नक्कली भुटानी शरणार्थी प्रकरणमा मात्रै नभई सबैमाथि ध्यान भएको बताएका छन्।
शनिबार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारको ध्यान नक्कली भुटानी शरणार्थी प्रकरणमा मात्रै नभई सबैमाथि ध्यान भएको बताएका हुन्।
‘सरकारको ध्यान नक्कली भुटानी शरणार्थी प्रकरणमा मात्रै होइन, अन्य तमाम बेथितिहरूमा पनि सरकारको ध्यान छ। चाहेँ त्यो सम्पत्ति शुद्धीकरणमा होस्, चाहे राजस्वसँग सम्बन्धित कुरा होस्, चाहेँ अन्य तमाम बेथितिका कुरा हुन् ती सबैमाथि ध्यान छ। कदम-कदम गरेर ती सबै सच्याउनु पर्छ र त्यसको निम्ति संसद् र सबै राजनीतिक दलको सहयोगको आवश्यकता छ,’ उनले भने।