Logo

पशुपति जग्गा प्रकरणमा मुछिएपछि मन्त्री किराँती फायर, प्रमाणित गर्न चेतावनी



काठमाडौं, १४ जेठ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेको समाचार भ्रामक रहेको बताउँदै आफूले घुस नखाँदा र नखुवाउँदा बौलाउन थालेले भन्दै आक्रोश पोखेका छन्।

पशुपतिनाथको ३१ रोपनी जग्गामा मन्त्री किरातीको चलखेल रहेको विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि मन्त्री किरातीको यस्तो प्रष्टीकरण आएको हो। अपचलन भएको कोषका नाममा रहेको कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको ५३५ रोपनी ३ आना जमिनमध्ये ३१ रोपनी जमिन अतिक्रमण भएको अध्ययनमा देखिँदादेखिँदै जग्गा खोजी नगरी हालसाविक गर्ने निर्णय गरेको समाचार प्रमाणित गरे एक मिनेटपनि पदमा नबस्ने किरातीले घोषणा गरेका छन्।

मन्त्री किरातीले सामाजिक सञ्जाललमा लेखेका छन्– ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन’

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले प्रतिनिधि सभा बैठकमा वहालवाला मन्त्री किराँतीमाथि उक्त आरोप लगाएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्