Logo

कोशी प्रदेश नामाकरणको विवाद- प्रदर्शनका क्रममा कयौं घाइते,३० भन्दा धेरै प्रदर्शनकारी प्रहरी नियन्त्रणमा



काठमाडौं,१४ जेठ । तत्कालिन प्रदेश नम्बर १ को नाम २०७९ फागुन १७ मा कोशी प्रदेश राखिएको विरोधमा चर्किएको पहिचानवाहीहरुको आन्दोलन बजेट अधिवेशन आव्हान भएसँग पुनः सुरु भएको छ ।

प्रदेशको बजेट अधिवेशन आज दिउँसो २ बजेका लागि आव्हान गरिएका छ ।
प्रदेशसभाको बैठक बिथोल्ने योजनासहित प्रदेशसभा भवन वरिपरी जम्मा भएका पहिचानवादिहरु र प्रहरीबीच झडप हुँदा दुबैपक्षका गरि ३० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् भने एक दर्जनबढी प्रदर्शनकारी घाइते भएका छन् ।

पहिचानवादीले प्रदेशसभा भवन घेर्ने तयारी गरेपछि प्रहरीले प्रदेशसभा भवनलाई सुरक्षाघेरामा राखेको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस्