Logo

सिंहदरबारलाई चुरे र वन जंगल संरक्षण अभियानको उपहारः सिर्सिया खोलाको प्रदुषणयुक्त पानी



काठमाडौं, १४ जेठ । चुरे तथा वन जंगल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रा गरेको छ । पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन माग गर्दै उनीहरु पैलयात्रा गरी काठमाडौं आएका हुन् ।

उनीहरुले सिर्सिया नदीको प्रदूषित पानी सिंहदरबारका लागि उपहार लिएर आएका छन् । सिर्सिया नदी संरक्षणका लागि संघीय सरकारलाई दवाव दिन उनीहरु काठमाडौंसम्म आएका हुन् । दशौं दिनको पैदलयात्रा पछि काठमाडौं आइपुगेका उनीहरुले आज ११औं दिनमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

सिर्सिया नदी करिडोरमा वर्षौंदेखि हुलास आल्मुनियमले कास्टिक सोडा, सल्फ्युरिक एसिड, नाइट्रिक एसिड, अमोनिया, केमडाइट जस्ता हानीकारक रसायनहरु नदीमा मिसाएको उनीहरुको अरोप छ । उक्त नदीमा अन्य उद्योगहरुसमेतले केमिकलयुक्त पानी मिसाउदै आएको उनीहरुको दाबी छ । Photo By: Mukunda Kalikote/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्