Logo

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाको बयान आजपनि जारी



काठमाडौं,१४ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका अभियुक्तहरुको बयान आजपनि जारी रहेको छ ।

प्रहरीले जिल्ला अदालत काठमाडौंमा नेकपा एमालेका निलम्बित सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी,नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनाविरुद्ध विभिन्न ५ अभियोगमा मुद्दा दर्ता गरेको छ ।

गत बुधबार मुद्दा दर्ता गरिएकामध्ये केशव दुलाल र सागर राईको बयान लिइएको छ । आज एमाले सचिव रायमाझीका छोरा सन्दीप रायमाझी र तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका प्रमुख सुरक्षा सल्लाहाकार इन्द्रजित राईको बयान लिँइदैछ ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका र मुद्दा दर्ता भएकाहरुको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्