Logo

नीति तथा कार्यक्रम पढ्न खोज्दा फाइल रित्तो भेटिएपछि अलमलिए प्रदेश प्रमुख शर्मा



काठमाडौं,१४ जेठ । बागमती प्रदेशको आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रदेशसभामा रोचक दृष्य देखिइको छ ।

सभामुख भुवन पाठकले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई अनुमति दिएपछि नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा प्रदेश प्रमुख केही समय अलमलमा परेका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रातो ‘कभर’भएको नीति तथा कार्यक्रमको फाइल पेश गरेका थिए । मुख्यमन्त्रीले पेश गरेको फाइल खोलेर पढ्न खोज्दा रित्तो पाएपछि शर्मा केहीबेर अलमलिए ।

मुख्यमन्त्रीतर्फ इसारा गर्दै उनले खाली फाइल देखाए । मुख्यमन्त्री जम्कट्टेल पुनः रोष्टममा पुगेर आफूसँग रहेको एक प्रति नीति तथा कार्यक्रमको कपी दिएपछि शर्माले वाचन सुरू गरे ।

यस्तो गथविधि नियालिरहेका प्रदेश सांसदहरु भने प्रदेश सरकारको लापरबाही भएको प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्