Logo

प्रधानमन्त्रीको भारत भ्रमणमा सुटुक्क उर्जा व्यापार सम्झौता गर्ने तयारी भइरहेको भन्दै बास्कोटाको आपत्ति



काठमाडौं,१छ जेठ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सुटुक्क उर्जा व्यापार सम्झौता गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।

आज विहान एक ट्विट गर्दै बास्कोटाले विभागिय मन्त्रालयलाई गुमराहामा राखेर सुटुक्क सम्झौता गर्नु लोकतन्त्रको उपहास भएको उनको दावि छ ।

उनले लेखेका छन् प्रमको भारत भ्रमणका क्रममा उर्जा व्यापार सम्झौता लामो समयका लागि गर्ने भित्री तयारी रहेछ। विडम्बना,तालुकदार मन्त्रालयलाई नै गुमराहमा राखेर।सचिव जर्मन,सहचिव बंगलादेश छन भन्ने सुनियो। संसद चालु छ,सरकारले त्यसवारे संसदमै जानकारी र छलफल गराए हुने हो नि प्राबधान के छन भनेर। सुटुक्क किन ?

प्रधानमन्त्री दाहाल आगामी जेठ १७ मा भारतको ४ दिने औपचारिक भ्रमणमा जाँदैछन् । file photo



प्रतिक्रिया दिनुहोस्