Logo

नेविसंघले प्रधानमन्त्रीलाई भन्यो : भ्रष्टाचारविरूद्धको कदमलाई साथ छ, शैक्षिक रूपान्तरणमा पनि त्यस्तै भूमिका खेल्नुस्



काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसंघले प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचारविरूद्ध चालेको कदमको प्रशंसा गर्दै सरकारको भ्रष्टाचार विरोधि अभियानमा साथ रहेको बताएको छ। साथै, नेविसंघले प्रधानमन्त्रीसँग विभिन्न मागहरू राखेको छ।

संगठनको तर्फबाट आफ्ना मागहरू प्रस्तुत गर्दै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति, नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने भन्दै विभिन्न माग राखे।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताए। साथै, शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविष्कार र अनुसन्धानको केन्द्रको रूपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेस गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोशिस भैराखेको उनले बताए।



प्रतिक्रिया दिनुहोस्