Logo

गगनको गर्जनः ‘महामन्त्री पद गए जाओस्, जोखिम उठाउने बेला आयो’



काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमा थापाले पार्टी सुधारका निम्ति जोखिम उठाउने बेला आएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित पार्टीका कार्यक्रमलाई सम्बोधन गर्दै उनले जोखिम उठाउँदा महामन्त्री पद गएपनि आफू तयार रहेको बताए । उनले पार्टी सुधारका लागि महामन्त्रीबाट कांग्रेसको साधरण सदस्य बन्न तयार रहेको बताए ।

‘मेरो पद गए जाओस् । म पाँच वर्ष सडकमा कांग्रेसको कार्यकर्तामात्रै भएर बस्नुपरे परोस् । म कांग्रेसको महामन्त्री छु । म अहिले भनिराखेको छु, चौधौं महाधिवेशनबाट महामन्त्री भएँ । यो बीचमा पार्टी सुधार गर्ने मौका पाएको छु । जोखिम उठाएर काम गर्दै गर्दा महामन्त्री गए जाओस् । सदस्यमात्रै भएर बस्नुपरे बसौंला,’– उनले भने ।

सरकारले १६औं गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई आम माफी दिएको छ । सरकारको उक्त कदमप्रति पनि गगनले आपत्ति जनाएका छन् । कांग्रेस विधिको शासनको पक्षमा हुनुपर्ने र सत्ताको लागि सौदाबाजी गर्न नहुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्