काठमाडौं,१५ जेठ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०–८१ को विनियोजित बजेट र मध्यकालीन खर्च संरचना पास गरेको छ ।
सोमबार बिहान बसेको आयोगको बैठकले आज सार्वजनिक हुने बजेट र ३ वर्षे मध्यकालीन खर्च संरचना पास गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र पदेन सदस्य अर्थमन्त्री डा. प्रकाशशरण महत उपस्थित रहेका थिए । file photo