Logo

संसदीय समितिका सभापति चयन गर्न दलहरुलाई सभामुखको आग्रह



काठमाडौं,१५ जेठ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहने समितिले पूर्णता पाएसँगै समितिलाई प्रभावकारी बनाउने समितिका सभापति चयन गर्न दलहरुलाई ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा घिमिरेले समिति सभापति चयन नहुँदा असहजता पैदा भएको भन्दै दलहरुको ध्यानाकर्षण गराएका हुन् ।

समितिका सभापति चयन नहुँदा बिधेयकमाथिको छलफलले गति लिन नसकेको स्मरण गराउँदै घिमिरेले सात दिनभीत्रमा समितिका सभापति चयन गर्न दलहरुलाई आग्रहसमेत गरेका छन् ।
दलहरुबीच सहमतिको आधारमा समिति सभापति चयन गर्ने सहमित जुटेको छ ।

प्रतिनिधिसभामा रहने १० समिति मध्ये सार्वजनिक लेखा समितिसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन समितिको सभापति पाउनेछ भने बाँकी सात समितिको सभापति सत्तारुढ दलहरुले मिलेर लिनेछन् ।



प्रतिक्रिया दिनुहोस्